दाङमा जारी लकडाउन केहि खुकुलो, ६ घण्टा पसल व्यवसाय सन्चालन गर्न पाउने

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७७, आईतवार

दाङ २१, भदौ ।

दाङमा जारी लकडाउन केहि खुकुलो हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले यही २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमबारदेखि लागु हुने गरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागु गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रजिअ रिजालका अनुसार दिउँसो १२ बजेपछि भने नियमित रूपमा लकडाउन हुनेछ ।

  • २१ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech