चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७७, आईतवार

तस्विरः फाइल

चितवन २१,भदौ

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आइतबार विहान ८ः०३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

छातीमा समस्या भइ ती पुरुष भदौं १२ गते उपचारका लागि चितवन मेडिकल कलेजमा पुगेका थिए । उनको भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • २१ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech