कोरोना अपडेट:शनिबार १५६६ जनाले कोरोना जिते , संक्रमित १०४१ थपिदा ९ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७७, शनिबार

काठमाडौं २०,भदौ ।

देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा शनिबार थप १ हजार ४१ जना संक्रमित थपिएका छन् । कुल १२ हजार ४७३ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुष गरि १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हनेको कुल संख्या २८० पुगेको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

  • २० भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech