शनिबार बाँकेमा ११ जना संक्रमित थपिए , संक्रमित संख्या १२ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७७, शनिबार

नेपालगन्ज २०,भदौ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा शनिबार थप १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।अस्पतालले जारी गरेको सुचनामा पछिल्लो २४ घण्टामा १९२ नमुना परीक्षण गर्दा १६ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितहरुमा बाँकेका ११ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार ७ पुरुष र ४ महिला गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अब बाँकेमा कोभिड पोजेटिभ संख्या १२१० पुगेको छ भने ८१७ जना डिस्चार्न भएका छन् ।

  • २० भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech