कैलाली र कञ्चनपुरमा जारी निषेधाज्ञा आजदेखि खुकुलो

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७७, शनिबार

कैलाली २०,भदौ

कोरोना संक्रमणलाई नियन्त्रण गर्न कैलाली र कञ्चनपुरमा जारी निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आदेश जारी गर्दै शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञालाई खुकुलो बनाएका हुन् ।

यसअघि कैलालीमा भदौ ४ गतेदेखि १९ गते सम्म र कञ्चनपुरमा भदौ ६ गते देखि १९ गते मध्य रातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा शनिबारदेखि खुकुलो पारिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जारी गरेको आदेश अनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभरी जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइनेछ।

खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफल, दूधडेरी, कपडा पसल लगायतका व्यवसाय भने स्वास्थ्यका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइने छ। व्यापार व्यवसाय बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म भने हिँडडुल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ ।

यस्तै कञ्चनपुर जिल्लामा पनि आजदेखि सार्वजनिक सेवा सञ्चालन हुने भएको छ । कञ्चनपुरमा भदौ ६ गतेदेखि लागु भएको निषेधाज्ञा भदौ १९ गते राति सकिएको हो।

  • २० भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech