कोरोना अपडेट: देशभर १३५९ संक्रमित थपिदा १३५४ डिस्चार्ज , १४ को मृत्यु

    • स्वास्थ्य पेज

  • १९ भाद्र २०७७, शुक्रबार

काठमाडौं १९,भदौ ।

देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा शुक्रबार १३५९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर जम्मा संक्रमित संख्या ४४ हजार २३६ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना डिस्चार्ज भएका छन् । आज देशभर थप १४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया  महिला रहेका छन् ।

त्यसैगरी सप्तरीका ५५-५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

  • १९ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech