स्वेच्छाले कोरोना परीक्षण गराउन चाहानेहरुका लागी शुल्क निर्धारण

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७७, बिहीबार

नेपालगन्ज १८ , भदौ
भेरी अस्पताल नेपालगन्जले कोरोना परीक्षणका लागि गरिने पिसिआरको शुल्क निर्धारण गरेको छ । अस्पतालले निर्देशिकाले तोके भन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहानेहरुका लागी शुल्क निर्धारण गरेको जनाएको हो ।

प्रति जाँच २ हजार २ सय ( २२०० ) रुपैया लिने निर्णय गरेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , आपतकालिन कार्य संचालन केन्द्रबाट पा्प्त निर्देशन र अस्पताल व्यवस्थापन समितिको बिहीबारको निर्णय अनुसार स्वेच्छाले कोरोना परीक्षण गराउन चाहानेहरुका लागी प्रति जाँच २२ सय रुपैया लिने निर्णय भएको हो ।

 

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech