आज एकैदिन १२२८ संक्रमित थपिए, ९१७ डिस्चार्ज, ६ को मृत्यु

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७७, बिहीबार

काठमाडौं १८ , भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९१७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन र भक्तपुरका ४० वर्षीया महिला , रुपन्देहीका ७७ र तनहुँका ९२ वर्षीया महिलाहरु रहेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ ।

 

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech