सार्कमा कोरोनाः भारत र पाकिस्तान बढी प्रभावित

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

नेपालगन्ज १९ बैशाख ।
भारत र पाकिस्तानमा कोरोना संक्रमण फैलिदै गएको छ । सार्क देशमा सबैभन्दा बढी भारत प्रभावित हुँदा पाकिस्तानलाई पनि कोरोनाले गाज्न थालेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। ७५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३४ हजार ८ सय ६३ पुगेको छ। भारतमा १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ। ९ हजार ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्। पाकिस्तानमा एकै दिनमा ९ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने १८ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १६ हजार ४ सय ७६ पुगेको छ।

३ सय ६१ जनाको मृत्यु भएको छ। ४ हजार १ सय ५ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्। बंगालादेशमा ५ सय भन्दा बढी संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ७ हजार ६ सय ६७ पुगेको छ। १ सय ६८ जनाको मृत्यु भइसकेको छ। १ सय ६० जना निको भइसकेको छन्।

अफ्गानिस्तानमा २ सय ३२ नयाँ बिरामी थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार १ सय ७१ पुगेको छ। ६४ जनाको मृत्यु भइसकेको छ। २ सय ६० जना निको भइसकेको छन्। श्रीलंकामा १४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ६३ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ।

१ सय ५४ जना उपचार पछि घर फर्किसकेका छन्। माल्दिभ्समा एकै दिनमा १ सय ९० जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ४ सय ६८ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १७ जना निको भएर घर फर्किसकेका छन्। नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech