कोरोना कहर :  बाँकेमा संक्रमण रोकिएन , बिहिवार ३९ थपिदा बर्दियामा ८

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७७, बिहीबार

नेपालगन्ज १८ , भदौ

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहिवार थप ४७ जनामा भाईरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ४०३ नमुना परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

थप भएका संक्रमित मध्य नेपालगन्जका २० र कोहलपुरका १९ गरि बाँकेका मात्र ३९ रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले आफ्नो फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

त्यस्तै भेरीकै प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका ८ जनामा संक्रमण पुष्टि भएको छ । ४ जना गुलरिया नगरपालिका , ३ जना मधुवन नगरपालिका र १ जना बाँसगढी नगरपालिकाका रहेको अस्पतालले जारी गरिएको सूचनामा उल्लेख छ ।

 

 

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech