सल्यानको कपुरकोट बजार क्षेत्र सील

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७७, बिहीबार

सल्यान १८ , भदौ ।
सल्यान स्थित कपुरकोट बजार क्षेत्र सिल गरिएको छ । कपुरकोट गाउँपालिका सल्यानले बिहिबार एक सूचना जारी गर्दै बजार क्षेत्र सिल गरिएको जानकारी दिएको हो ।

गाउँपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी र समुदाय स्तरमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार आज बिहिवार राति १० बजेपछि यही २५ गते राती १० बजेसम्म कपुरकोट बजार सिल गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

 

उक्त समय कपुरकोट तरकारी बजार समेत बन्द रहने जनाईएको छ ।

 

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech