कर्णालीमा आज थपिए ९५ कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७७, बुधबार

सुर्खेत १७, भदौ ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा बुधबार थप ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार जुम्लामा मात्रै ३९ जना, कालीकोटमा २२, सुर्खेतमा १७ जना, दैलेखमा पाँच जना, बाँकेका चारजना, जाजरकोट र कैलालीका दुई-दुई जना, बर्दिया, बझाङ, दार्चुला र दाङका एकरएक जनामा संक्रमण देखिएको छ ।

यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २५५१ पुगेको छ । साथै, कर्णालीमा बुधबार थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २१२५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ४२० जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

  • १७ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech