कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७७, बुधबार

काठमाडौं १७, भदौ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् ।

मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् । त्यसैगरी बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार १२० कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या अव ४१ हजार ६४९ पुगेको छ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ११२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।  हालसम्म २३ हजार २९० जना डिस्चार्ज भएका छन् ।

बुधवार कहाँ कति थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५०, ललितपुरका २९ , भक्तपुरका ९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका १, झापाका ११, धनकुटाका २, पाँचथरका १, भोजपुरका ३, मोरङका ५३, सुनसरीका ७२, धनुषाका ६३, पर्साका ४९, बाराका २३, महोत्तरीका ३१, रौतहटका १८, सप्तरीका १२, सर्लाहीका ५०, सिराहाका १५, काभ्रेका १, चितवनका ४३, धादिङका २, नुवाकोटका १, मकवानपुरका ३३, रामेछापका २, सिन्धुपाल्चोकका २, सिन्धुलीका १, कास्कीका २४, गोर्खाका १, तनहुँका ४, नवलपरासीपुर्वमा १६, पर्वतका १, लमजुङका १९, स्याङजाका १, अर्घाखाँचीका १, दाङका ६, नवलपरासीका ३, पाल्पाका १, प्युठानका २, वर्दियाका ५, बाँकेका ७, रुपन्देहीका २७, रोल्पाका १, कालिकोटका २१, जुम्लाका ३७, दैलेखका १, डढेलधुराका १, अछामका १, कञ्चनपुरका ३, कैलालीका १३, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका हुन्।

  • १७ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech