कोरोना अपडेट : संक्रमितको संख्या ३२ लाख ५६ हजार

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

नेपालगन्ज १९ बैशाख ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसबाट संक्रमित बिरामी निको भएर घर फर्किनेको संख्या १० लाख १४ हजार नाघेको छ। अहिलेसम्म घर फर्किनेको संख्या १० लाख १४ हजार ४ सय ९५ पुगेको छ।

अमेरिकामा उपचारपछि निको हुनेको संख्या १ लाख ५३ हजार ९ सय ४७ पुगेको छ। त्यस्तै जर्मनीमा १ लाख २३ हजार ५ सय, स्पेनमा १ लाख १२ हजार ५०, चीनमा ७८ हजार ५ सय २३, इटाली ७५ हजार ९ सय ४५, इरानमा ७५ हजार १ सय ३, फ्रान्समा ५० हजार ३ सय ८० जना निको भएर घर फर्किसकेका छन्। तथ्यांक अनुसार विश्वभरमा संक्रमित हुनेको संख्या ३२ लाख ५६ हजार ५ सय ७० पुगेको छ। २४ घण्टामा संसारभर ८६ हजार भन्दा बढी संक्रमित भएका छन्।

अमेरिकामा मात्र ३० हजार भन्दा बढी संक्रमित भएको तथ्यांक छ । यो सँगै अमेरिकामा संक्रमितको संख्या १० लाख ६९ हजार ५ सय ३४ पुगेको छ। विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३३ हजार २ सय ७५ पुगेको छ। संसारभर २४ घण्टामा ५ हजार भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा २४ घण्टामा २ हजार भन्दा बढी मानिसको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ६३ हजार १ सय पुगेको छ। त्यस्तै इटालीमा २७ हजार ९ सय ६७, युकेमा २६ हजार ७ सय ७१, स्पेनमा २४ हजार ५ सय ४३, फ्रान्समा २४ हजार ३ सय ७६ मानिसको मृत्यु भइसकेको छ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech