कोरोनाविरुद्धको खोप विकास र वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७७, बुधबार

वासिङ्टन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ )को अगुवाइमा हुन लागेको कोरोनाविरुद्धको खोपको खोजी, उत्पादन र समान वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने भएको छ। विश्व स्वास्थ्य संगठन भएकै कारण अमेरिका कोरोनाविरुद्धको खोप विकास र वितरणको विश्वव्यापी प्रयासमा अमेरिका सहभागी नहुने ट्रम्प प्रशासनले जनाएको छ ।

कोभिड-१९ खोपको विश्वव्यापी पहुँच स्थापित गर्ने यस अभियानमा १७० भन्दा बढी मुलुक सहभागी हुने भएका छन् । वासिङ्टन पोस्टका अनुसार यस अभियानले खोपको विकासमा तीव्रता दिने, सबै मुलुकलाई खोपमा पहुँच पुर्‍याउने र उच्‍च जोखिम भएका जनसंख्यालाई प्राथमिकताका आधारमा वितरण गर्ने लक्ष्य लिएको छ ।

डब्लूएचओको सह नेतृत्व, इपिडेमिक प्रि-पेयर्डनेस इनोभेसन एन्ड गाभी, खोप गठबन्धनको सहभागिता रहने यस योजनामा जापान, जर्मनी र युरोपियनसहित अमेरिकी समर्थक राष्ट्रहरु सहभागी हुने भएका छन् । यसमा ट्रम्प प्रशासनका केही सदस्यहरुको रुचि भए पनि ह्‍वाइट हाउसले डब्लूएचओसँग काम गर्न इच्छुक नभएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि डब्लूएचओको चर्को आलोचना गर्दै महामारी नियन्त्रणमा चीन केन्द्रित भएको आरोपसमेत लगाएका थिए ।

कति खोप कुन चरणमा ?
हालसम्म विश्‍वभर कोरोनाविरुद्धको लडाइँमा करिब २०० भन्दा खोप परीक्षणको विभिन्‍न चरणमा छन् । जसअनुसार करिब १७० भन्दा बढी वटा खोप प्रि क्लिनिकल ट्रायलु को चरणमा छन् । यी खोपहरु विभिन्‍न जनावरमा परीक्षणको चरणमा छन् ।

त्यसैगरी मानव परीक्षणको दोस्रो चरणमा ७ वटा खोप छन् । यी खोप स्वस्थ युवामा परीक्षण भइरहेका छन् । यस चरणमा कति सुरक्षति हुन्छन् र कुन डोजसम्मले कस्तो प्रतिक्रिया दिन्छ भन्‍ने विषयमा अध्ययन भइरहेको छ ।

त्यसैगरी १२ वटा खोपहरु मानव परीक्षणको दोस्रो चरणमा रहेका छन् । अलि ठूलो मासमा र कोरोनाको उच्च जोखिम भएका मानिसहरुमा यो खोपको परीक्षण भइरहेको छ ।

हालसम्म तेस्रो चरणमा विश्वभर ७ वटा खोप मात्र पुगेका छन् । तेस्रो चरणमा रहेका खोपहरु हजारौं मानिसमा परीक्षण गर्नुपर्ने हुन्छ । यस चरणमा खोप कति सुरक्षति र प्रभावकारी छ भन्‍ने विषयको अध्ययन भइरहेको छ ।

आजसम्म विश्वका कुनै पनि खोपले औपचारिक मान्यता पाएका छैनन् । यद्यपि रुसले भने आफूले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको थियो ।

 

  • १७ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech