बुटवलमा प्लाज्मा बैंक स्थापना

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७७, बुधबार

बुटवल १७, भदौ ।
बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको छ । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार प्रभावकारी बन्दै गएपछि प्लाज्मा अभाव नहोस भनेर बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको हो ।

कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिहरुबाट रगत निकालेर प्लाज्मा छुट्टाएर बिरामीलाई चढाउदा सकारात्मक नतिजा आएको भन्दै बैंक संचालनमा ल्याइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रदेश-५ का संयोजक डा.प्रशान्त आचार्यले बताउनुभयो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा रक्त सञ्चार केन्द्र बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको छ ।

बैंकमा जम्मा हुने प्लाज्मा बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका जटिल अवस्थाका संक्रमितलाई दिइने नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश-५ का सदस्य डा. सम्राट पराजुलीले बताउनुभयो। कोभिड—१९ का कारण अवस्था गम्भीर हुँदै गएमा कोरोना संक्रमणमुक्त व्यक्तिबाट रगत निकालेर प्लाज्मा तयार गरी कोभिड—१९ बिरामीलाई चढाउने विधी प्लाज्मा थेरापी हो ।

संक्रमण जितेको मान्छेबाट प्लाज्मा जटिल अवस्थामा रहेको कोरोना संक्रमितलाई दिँदा संक्रमण निस्तेज पार्न सघाउ पुग्ने चिकित्सकहरु बताउँछन् । औषधी नभएको संक्रमणजन्य रोगका लागि प्लाज्मा थेरापी विधि महत्वपूर्ण मानिन्छ । संक्रमणमुक्त भएका व्यक्तिहरुको प्लाज्मा प्रयोगमा आउने हुँदा सर्वप्रथम कोरोनामुक्त भएका संक्रमितहरुको तथ्यांक संकलन गरिने डा.आचार्यले बताउनुभयो । संकलित रगतलाई बुटवलको रक्त सञ्चार केन्द्रमा राखिएको छ ।

  • १७ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech