बाँकेमा आज चार बालबालिकाले कोरोना जिते

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७७, बुधबार

तस्विरः नेपालगन्ज–१ का १२ बर्षीय बालक यसअघि नै संक्रमणबाट मुक्त भएर घर फर्किसकेका छन् ।

नेपालगन्ज १७, भदौ ।
बाँकेमा आज चार बालबालिका कोरोना भाइरसबाट मुक्त भएर आइसोलेसनबाट डस्चार्ज हुदैछन् । एकजना बालिकासहित चारजना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर जान लागेका हुन् ।

डिस्चार्ज हुनेमा कोहलपुरनगरपालिका वडा नं.–११ का ६ बर्षीया बालिका, ८ र १० बर्षीय बालक छन् । ८ बर्षीय बालकमा लक्षणसहितको भाइरस देखिएको थियो । उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो भने ६ बर्षीया बालिका र १० बर्षीय बालकलाई भने कोहलपुरकै होटेल अतितिको आइसोलेसन सेन्टरमा राखिएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–१२ का ८ बर्षीय अर्का बालकलाई भने भेरी अस्पतालको आइसोलेसनमा राखिएको थियो । भाइरस संक्रमण देखिएपछि उनीहरु भदौ तीन गते आइसोलेसन भर्ना भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बुधवार चार बालबालिकासहित १३ जना डिस्चार्ज हुन लागेको जानकारी दिनुभयो ।

बाँकेमा अहिलेसम्म ७ सय ५९ जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुग्दा निको हुने दर ६९.९५ प्रतिशत रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । बाँकेमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म तीन महिलासहित ६ जनाले ज्यान गुमाएका छन् ।

  • १७ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech