कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७७, मंगलवार

काठमाडौं १६, भदौ ।
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो। मृत्यु हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

हालसम्म कुल संक्रमितको ० दशमलव ५९ प्रतिशत संक्रमितको मृत्यु भएको छ । हालसम्म ४० हजार ५२९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech