स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारदेखि बैंकर्स पनि संक्रमित

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७७, मंगलवार

नेपालगन्ज १६, भदौ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरीएको परीक्षणमा थप ३३ जनामप्रा कोरोना भाइरस संक्रमण देखिएको छ । बाँकेका २४, बर्दियाका ४ र दांगका ५ जनामा भाइरस देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा २४ संक्रमितमध्ये पुरुष १५ महिला ९ जना छन् । बाँकेमा प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, बैर्कस, कर्मचारीमा संक्रमण देखिएको छ । भेरी अस्पतालका एकजना बिशेषज्ञसहित ६ जना स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरीमा पनि भाइरस पुष्टि भएको छ । नविल बैंक र माछापुच्छ्रे बैंकका एकएक जना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ । आन्तरिक राजश्व कार्यालयका थप एकजना कर्मचारीमा पनि भाइरस देखिएको छ ।

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech