पत्रकार दामोदर भण्डारीलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७७, मंगलवार

नेपालगन्ज १६, भदौ । 
नेपालगन्जका पत्रकार दामोदर भण्डारीलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबार विहान देखि उहाँलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएको थियो ।
पत्रकार भण्डारीलाई सोमबार दिउँसोदेखि एक्कासी बढी च्यापेको थियो । फिजिसियन चिकित्सकलाई देखाउँदा एक्सरेमा छातीमा दाग देखिएपछि ती चिकित्सकले पत्रकार भण्डारीलाई पीसिआर टेस्ट गराउन सल्लाह दिएका थिए । पीसिआर रिपोर्ट मङ्गलबार विहान आउँदा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो ।

पत्रकार भण्डारीलाई १०२ डिग्रीसम्म ज्वरो आएको छ, भने श्वास प्रश्वासमा समस्या भएको छ । उहाँलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ । पत्रकार भण्डारी सद्भाव दैनिकका प्रकाशक, सम्पादक तथा रेडियो सदभावका एमडी हुनुहुन्छ ।

यसअघि बाँकेका पत्रकार मेघराज ओली, कमल विके निर्मोही र खगेन्द्र दाहाललाई पनि भाइरस संक्रमण देखिएको थियो । उहाँहरु सबै डिस्चार्ज भइसक्नुभएको छ ।

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech