स्वास्थ्यमा झन्डै ५४ करोडको बजेट सिलिङ

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

काठमाडौं १९ बैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा झन्डै ५४ अर्ब बढी बजेट ल्याउने तयारी गरेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको लागि ५३ अर्ब ८३ करोड ५४ लाख रुयैयाँ बराबरको बराबरको सिलिङ पाएको स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेल जानकारी दिनुभयो।

अव महाशाखाको शीर्षक अनुसारको सिलसिलेवार छलफल हुन भने बाँकी छ। सोही अनुसार नीति तथा कार्यक्रम थपघट हुनेछ। अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई चालूतर्फ ३५ अर्ब ७४ करोड ९ लाख रुपैयाँ र पूँजीगततर्फ १८ अर्ब ८ करोड ५६ लाख रुपैयाँ नबढाई बजेट तर्जुमा लागि भनेको थियो। यो बजेट संघको लागि मात्र तोकिएको हो। चालू आर्थिक वर्षका सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि समेत ६८ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो सम्पूर्ण बजेटको करिब ५ प्रतिशत मात्र हो।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि सम्पूर्ण बजेटको १० प्रतिशत विनियोजन गर्नुपर्ने हुन्छ। तर नेपालमा हरेक वर्ष स्वास्थ्यको बजेट प्रतिशत घट्दै गएको छ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech