बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.भोला रिजाल दम्पतिलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

काठमाडौं १५, भदौ ।
वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.भोला रिजाल र उहाँकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको डा. रिजालले बताउनुभयो।

उहाँले भन्नुभयो,‘श्रीमतीलाई हल्का ज्वरो आएको थियो। हाम्रो एज फ्याक्टर र पास्ट हिस्ट्रीले गर्दा परीक्षण गरिहालौँ भनेर परीक्षण गरेका थियौँ। हामी दुवैको रिपोर्ट पोजेटिभ आएको छ। अहिले हामी दुवै जना अस्पतालमा भर्ना भइसकेको छौँ। स्वास्थ्यमा कुनै समस्या देखिएको छैन।’

आफूहरु दुवै जना ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएको उहाँले बताउनुभयो।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech