सात स्वास्थ्यकर्मीसहित ४० संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

नेपालगन्ज १५, भदौ ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा भाइरस संक्रमण देखिएको छ । ६६९ नमुना परीक्षण गर्दा सात जना स्वास्थ्यकर्मीसहित ४० जनामा भाइरस संक्रमण देखिएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सातजना स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठले स्वास्थ्य पेजलाई बताउनुभयो ।

केही विरामी र उनीहरुका आफन्तमा पनि भाइरस संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । सोमवार थप भएका संक्रमितहरुमा कोहलपुर नगरपालिकाका १७, नेपालगन्ज उपमहानगरपालिकाका ८, खजुरा र गाउँपालिकाका ६ छन् ।

यसअघि बाँकेमा संक्रमितको संख्या एक हजार २ पुगेको छ । संक्रमित मध्ये सात सय ३० जना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा अहिलेसम्म भाइरस संक्रमणबाट ६ जनाको मृत्युभएको छ ।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech