नेपालमा कोरोना भाइरसबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

तस्विरः फाइल

हेल्थपाटी-महोत्तरी १५, भदौ ।
नेपालमा कोरोना भाइरसबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा-४ का  सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं लगिदै गर्दा बाटैंमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिनुभयो ।

यद्यपी यसबारे स्वास्थ्य मन्त्रालयले आधारिक कुनै जानकारी गराएको छैन। महोत्तरीमै निजी स्वास्थ्य संस्थामा काम गरिरहनु भएका उहाँ भदौं ७ गते बिरामी हुनुभएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई काठमाडौं लैजादै गर्दा बाटैंमा मृत्यु भएको थियो ।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech