प्लाज्मा थेरापी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पनि तयारी पुरा

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

धनगढी १५, भदौ ।
कोरोना संक्रमितको प्लाज्मा थेरापी उपचार पद्धतीका लागि सेती प्रादेशिक अस्पतालमा तयारी पुरा भएको छ । कोरोना भाइरसका गम्भीर बिरामी देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अस्पसताल तयार भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले स्वास्थ्य पेजलाई बताउनुभयो ।

‘गम्भीर किसिको कोरोना संक्रमण देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि सेती प्रादेशिक अस्पताल तयार भएको छ उहाँले भन्नुभयो– ‘त्यस्का लागि कोरोना लागेर निको भएका विरामीले रगत दिनुपर्छ । हामीले संक्रमण मुक्त भएकालाई रक्तदानका लागि आग्रह गरेका छौ।’ प्लाज्मा थेरापीका लागि कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगत आवश्यक पर्दछ ।

कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन हुने भएकाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउने गरिन्छ । संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने चिकित्सकहरु बताउँछन् ।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech