वडाअध्यक्ष प्रमोद रिजालले दिए प्लाज्मा

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

नेपालगन्ज १५, भदौ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहनुभएका नेपालगन्ज–१ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको छ ।

कोरोना भाइरस संक्रमणबाट मुक्त भएका रिजालले सोमवार सल्यान शारदा नगररपालिका ६ का २९ बर्षीय पुरुषलाई प्लाज्मा दिनुभएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भाइरस संक्रमणबाट मुक्त भएको १४ दिनपछि रिजालले प्लाज्मा दिनुभएको हो ।

कोरोना भाइरस संक्रमणबाट गम्भीर विरामी भएकाहरुलाई प्लाज्मा थेरापी पद्धतीबाट उपचार गर्ने गरिएको छ । फोकलपर्सन श्रेष्ठले संक्रमणबाट निको भएकाहरुलाई पनि प्लाज्मा दान गर्न अनुरोध गर्नुभएको छ ।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech