भेरी अस्पतालमा प्लाज्मा थेरापीबाट सल्यानका संक्रमितको उपचार प्रक्रिया सुरु

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

नेपालगन्ज १५, भदौ ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार प्रक्रिया सुरु गरिको छ ।  राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार भेरीमा पनि प्लाज्मा थेरापी विधिबाट उपचार प्रक्रिया अघि बढेको हो ।

सल्यान शारदा नगरपालिका–६ का २९ बर्षीय पुरुष तीन दिन अघि भेरी अस्पतालमा भर्ना भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले भेरी अस्पताल लिएर आएका थिए ।

आइतवार स्वाब परीक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनै संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको हो । भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा प्लाज्मा थेरोपी उपचारका लागि तोकिएका फोकलपर्सन डा. खगेन्द्र जंग शाहले संक्रमितलाई प्लाज्मा दिने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

‘प्लाज्माका लागि डोनरले रक्तदान गरिसक्नुभएको छ डा.शाहले स्वास्थ्य पेजलाई भन्नुभयो–‘विरामीलाई प्लाज्मा दिने प्रक्रिया सुरु भइसकेको छ ।’

शरिरबाट सिधै प्लाज्मा तान्ने मेसिन नहुँदा प्लाज्मा दिने व्यक्तिले रगत दिने गरेका छन् । त्यस्बाट प्लाज्मा छुट्याउनु पर्ने अवस्था छ । ‘ब्लड बैंकमा प्लाज्मा छुट्याउने काम भइरहेको छ डा.शाहले भन्नुभयो–‘डेढ दुईघण्टामा विरामीलाई प्लाज्मा दिन सुरु हुन्छ ।’

ती संक्रमितलाई नेपालगन्ज उपमहानगरपालिका–१ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको हो ।

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech