भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार
भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन १५, भदौ ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत् भरतपुरका ७८ वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको हो।

ती पुरुषमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। उनीहरू मध्ये ६ जना चितवनका हुन्।


Nabintech