कोरोना कहरः दाङमा आजदेखि एक हप्ता निषेधाज्ञा

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

दाङ १५, भदौ ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि कोरोना संक्रमण रोकथामका लागि दाङमा आज विहान देखि एक हप्ता निषेधाज्ञा जारी गरिएको छ। जिल्लास्तरिय कोरोना संकट व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका दाङ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

निषेधाज्ञाका क्रममा जिल्लाभर सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि गतिविधि गर्न पाइने छैन। यसैगरी होटेल, रेष्टुराँ, खाजा घर, सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाहरुबाहेक सबै बैंकिङ सेवा बन्द गरिनेछ ।अत्यावश्यक सरकारी कार्यालयहरु थोरै कर्मचारीको उपस्थितिमा सञ्चालन गरिने प्रजिअ रिजालले जानकारी दिनुभयो ।

जिल्लास्तरिय कोरोना संकट व्यवस्थापन समिति बैठकले २१ गतेपछि पनि जिल्लाको अवस्था विश्लेषण गरी जिल्ला प्रशासन कार्यालय दाङले निशेधाज्ञा थप एक हप्ता बढाउनसक्ने निर्णय गरेको हो । यो अवधिमा कोरोना संक्रमण फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गरी परीक्षणको दायरा बढाइने भएको छ ।

 

  • १५ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech