बाँकेमा कोरोना रिपोर्टः ७४६ जनाको नेगेटिभ

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७७, बिहीबार

नेपालगन्ज १८ बैशाख ।

बाँकेमा हालसम्म ७ सय ४६ जनाको नमुना परिक्षण गरिएको छ । र ति सबैको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा पिसिआर विधिबाट १ सय ५६ र र्‍यापिड डायग्नोष्टिक टेष्ट किटबाट परिक्षण गर्दा ५ सय ९० जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वाब संकलन गरिएका ५१ नमुनाको रिपोर्ट भने आउन बाँकि छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुमा १४ दिन पूरा भएपछि र्‍यापिड किटबाट परिक्षण गरिरहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अरु सात दिन घरमै क्वारेन्टाइनमा बस्ने गरी घर फिर्ता पठाउने गरिएको छ । भेरी अस्पतालमा पिसिआर मेसिन जडान भएपछि स्वाब परिक्षण सहज भएको छ ।

  • १८ बैशाख २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech