बाँकेमा १९ महिने शिशुलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०७७, आईतवार

नेपालगन्ज १४, भदौ ।
बाँकेमा १९ महिनाको बच्चालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी १९ महिने बालकमा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० र बर्दियाका दुईजना भाइरस संक्रमित थपिनेक्रममा ती बालक पनि परेका हुन् । परिवारमा भाइस संक्रमण पोजेटिभ देखिएपछि ती बालकको पनि स्वाव लिइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले स्वास्थ्य पेजलाई भन्नुभयो–‘कन्टयाक्ट टे«सिङमा लिइएको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।’

पछिल्लो २४ घण्टामा ४९० जनामा गरिएको नमुना परीक्षणमा १२ जनामा संक्रमण देखिएको छ । दूरसंचार कार्यालय नेपालगन्जका थप दुईजना कर्मचारीमा भाइरस संक्रमण देखिएको छ ।

यसअघि उक्त कार्यालयका ८ जनामासंक्रमण देखिएको थियो । नविल बैंकका दुई कर्मचारीमा पनि संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–६, ९ र १२ मा एकएक जनामा कोरोना पुष्टि भएको छ ।

जानकी गाउँपालिका–२ का एक र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट लिइएको नमुनामध्ये थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको छ ।आइतबार थप जनामा कोरोना संक्रमण भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ ।

यस्तै बर्दिया बासगढी–८ र मधुवन नगरपालिका–७ का एक–एकजनामा भाइरस संक्रमण देखिएको छ ।

  • १४ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech