पर्सामा ६ महिने शिशुमा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०७७, आईतवार

वीरगन्ज १४, भदौ ।
पर्सामा ६ महिने शिशुमा कोरोना भाइरस संक्रमण देखिएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुमा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

६ महिनो शिशुसहित ४७ जना संक्रमित थपिएका छन् । संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको चौरसियाले बताउनुभयो । संक्रमित हुनेमा पोखरिया नगरपालिकका १२ जना र अरु वीरगञ्ज महानगरपालिका विभिन्न वडाका हुन् । ४४२ जनाको स्वाब परीक्षण गरिएकोमा ७९ जनामा संक्रमण पुष्टि भएकोमा पर्सासहित अन्य जिल्लाका पनि सन्क्रमितहरु रहेका छन् ।

नारायणी अस्पतालमै गरिएको परीक्षणमा बारा जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य सन्क्रमितहरु भने कलैया उप महानगरपालिकाका विभिन्न स्थानका रहेका छन् । यस्तै नारायणी अस्पतालमै गरिएको परीक्षणमा मोरङ र काठमाडौँका एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

  • १४ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech