सुदूरपश्चिममा लक्षण देखिएका संक्रमित बढे

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०७७, आईतवार

धनगढी १४, भदौ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढेसँगै अस्पताल भर्ना हुनेको संख्यामा समेत बृद्धि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म लक्षण भएका एक सय जना विभिन्न अस्पतालका आइसोलेशनमा उपचारका लागि भर्ना भएका छन् ।

शनिबारसम्म सबैभन्दा धेरै कैलालीको टीकापुर अस्पतालको आइसोलेसनमा ३४ जना, सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा २४ जनालाई राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै कञ्चनपुरको महाकाली अस्पताल आइसोलेशनमा २४ जना, जिल्ला अस्पताल अछाममा १० जना, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीमा दुई-दुईजना गरी चार जनाको उपचार भइरहेको छ । यसैगरी १६ जना कोरोना आशंकामा भर्ना भएका बिरामी रहेका छन्।

बयलपाटा अस्पताल अछाममा ६ जना, गोकुलेश्वर अस्पतालमा दुईजना, जिल्ला अस्पताल डोटीमा तीनजना शंकास्पद बिरामी भर्ना भएका छन् । यस्तै सेती अस्पताल, जिल्ला अस्पताल अछाम, डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल र सुप प्रहरी अस्पतालमा एक-एकजनाको उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा शनिबारसम्म पाँच हजार आठ सय तीन जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये चार हजार आठ सय ४० जनाले कोरोना जितिसकेका छन् भने १४ जनाको मृत्यु भएको छ।

  • १४ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech