डाक्टरलाई कोरोनो देखिएपछि राप्ती प्रादेशिक अस्पताल सील

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७७, शनिबार

नेपालगन्ज १३, भदौ ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ‘सील’ गरिएको छ । दुईजना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि आजैदेखि लागु हुने गरी अस्पताल सील गरिएको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीगरी ५० जनामा नमुना परीक्षण गरिएकोमा दुईजना चिकित्सक, चारजना स्वास्थ्यकर्मी र तीनजना अस्पताल सहयोगीमा भाइरस संक्रमण देखिएको मेसु शर्माले बताउनुभयो । ‘सरकारले स्वास्थ्यकर्मीहरुलाई काममा खटिनु भन्दा पहिला भाइरस परीक्षण गराउन भनेको थियो उहाँले भन्नुभयो–‘त्यही नियमपालना गरेर ५० जनाले स्वाव दिनुभएको थियो । त्यसमध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आयो ।’ संक्रमण पुष्टि भएका कसैमा पनि लक्षण नदेखिएको उहाँले जानकारी दिनुभयो ।

संक्रमित चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीहरु केही होम आइसोलेसनमा र केही कोरोना विशेष अस्पताल बेलझुण्डीमा बस्नुभएको डा. शर्माले बताउनुभयो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीगरी भोली आइतवार करिव एक सयजनाको नमुना संकलन गरिँदैछ ।

‘सबैको टेस्ट गर्ने तयारीमा छौं पोजेटिभ केस देखिए उहाँहरुलाई आइसोलेसनमा राखिने छ मेसु शर्माले स्वास्थ्य पेजलाई भन्नुभयोे–‘नेगेटिभ रिपोर्ट आउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नियमित काममा फर्किनुहुने छ ।’

उहाँले दुई तीन दिनभित्रैमा अस्पताललाई नियमित लयमा फर्काएर विरामीको उपचारमा समस्या हुन नदिने समेत विश्वास दिलाउनुभएको छ । राप्ती प्रादेशिक अस्पतालमा पहिलो पटक चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

  • १३ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech