अख्तियारका कर्मचारीसहित आज १० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७७, शनिबार

नेपालगन्ज १३, भदौ ।
बाँकेमा शनिवार थप १० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । शनिवार अख्तियारका कर्मचारी, नर्सिङ स्टाफसहित १० जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ७ सय ३ पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा कार्यरत एक महिला कर्मचारी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीसहित आज १० जना डिस्चार्ज भएका छन्।

साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई बिभिन्न आइसोलेसनमा राखिएको थियो । बाँकेमा हालसम्म ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ । विभिन्न आइसोलेसनमा २ सय ६६ जना संक्रमित उपचाररत रहेको श्रेष्ठले बताउनुभयो ।

  • १३ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech