कोरोना अपडेटः आज थपिए ९२७, मृत्यु १२, १६९ डिस्जार्ज

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७७, शुक्रबार

काठमाडौं १२, भदौ ।

नेपालमा शुक्रबार कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिनुभयो ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणको थप १२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको जानकारी दिनुभयो । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको डा. गौतमले बताउनुभयो । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • १२ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech