बाँकेमा १५ जना थपिए, ६ जना नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७७, शुक्रबार

नेपालगन्ज १२, भदौ ।
बाँकेमा आज शुक्रबार थप १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तिमध्ये ९ जना महिला छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशाला पाँच सय नमुना परीक्षण गरिएकोमा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ६ जना नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी हुन् । उक्त अस्पतालबाट लिइएको स्वाबमध्ये दुईजना विरामी र एकजना विरामीको आफन्तमा पनि भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालबाट लिइएको नमुनामध्ये पाँचजनामा भाइरस संक्रमण देखिएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या ९ सय ७१ पुगेको छ । अहिलेसम्म ६ सय ९३ जना उपचारपछि घर फर्किसकेका छन् भने ६ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लाका विभिन्न इसोलेसनमा अहिले २ सय ५७ जना बसिरहेका छन् ।

  • १२ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech