धरानस्थित बीपी प्रतिष्ठानमा दुई जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७७, शुक्रबार

काठमाडौं १२, भदौ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

८३ वर्षीय पुरुषमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए ।

यसैगरी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् । उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

  • १२ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech