बाँकेमा कोरोना अपडेटः संक्रमित ९५६, मृत्यु ६, डिस्चार्ज ६९३

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७७, शुक्रबार
बाँकेमा कोरोना अपडेटः संक्रमित ९५६, मृत्यु ६, डिस्चार्ज ६९३

नेपालगन्ज १२, भदौ ।
बाँकेमा अहिलेसम्म करिव सात सय संक्रमित निको भएर घर फर्किएका छन् । आज शुक्रबार थप ११ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म बाँकेमा ६ सय ९३ संक्रमित निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार विभिन्न आइसोलेसनबाट ११ जना डिस्चार्ज हुन लागेका छन् । बाँकेमा कुल कोरोना संक्रमितको संख्या ९ सय ५६ पुगेको छ । पछिल्लो पटक बढी संक्रमित हुनेमा नेपाली सेना, चिकित्सक र सरकारी कर्मचारी रहेका छन् ।

अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा संचालनमा रहेका विभिन्न आइसोलेसनमा २ सय ५७ जना बसिरहेका छन् ।

  • १२ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech