प्रदेश पाँच अपडेटः संक्रमित ६०१९, मृत्यु २६, डिस्चार्ज ४६८७

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

नेपालगन्ज ११, भदौ ।
प्रदेश पाँचमा विहीबार थप ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै प्रदेशभरी कोरोना संक्रमितको संख्या ६ हजार १९ पुगेको छ ।

प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले नियमित मिडिया व्रिफिङमा विहीबार बाँके, बर्दिया, कपिलबस्तु, रुपन्देही र नवलपरासी पश्चिममा नयाँ भाइरस संक्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, बाँकेमा ३३, रुपन्देहीमा ३२, कपिलबस्तुमा १९, नवलपरासी पश्चिममा १० र बर्दिया जिल्लामा २ गरी ९६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश पाँचमा अहिलेसम्म ४ हजार ६ सय ८७ जना डिस्चार्ज भएका छन् । प्रदेश पाँचका विभिन्न आइसोलेसनमा अहिले १ हजार २ सय १० जना बसिरहेका छन् ।

ती मध्ये चिकित्सक र स्वास्थ्यकर्मीको संख्या एक सय दुई रहेको सूचना अधिकारी डा.पौडेलले बताउनुभयो । प्रदेश पाँचमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म २६ जनाको मृत्यु भएको छ ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech