कर्णाली अपडेटः संक्रमित २३४४, मृत्यु ६, डिस्चार्ज २०२५

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

सुर्खेत ११, भदौ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट थप २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार थपिएका संक्रमित दैलेखको दुल्लु नगरपालिकाका ६-६ जना महिला र पुरुष गरी १२ जना रहेका छन् । यस्तै, काठमाडौंका ३ जना, सुर्खेत, जाजरकोट र बाँकेका दुई-दुईजना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका एक- एकजना रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३४४ पुगेको छ । जसमध्ये २०२५ जना डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । ३१३ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech