कोरोना अपडेटः आज ११११ थपिए, मृत्यु ८, डिस्चार्ज ५६९

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

काठमाडौं ११, भदौ ।

नेपालमा विहीबार कोरोना भाइरसका एक हजार १११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार १११ संक्रमित थपिएको जानकारी दिनुभयो । यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक एकजना महिला रहेका छन् । त्यसैगरी काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech