भेरी अस्पतालका चिकित्सकसहित बाँकेमा ३३ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

नेपालगन्ज ११, भदौ ।
भेरी अस्पताल नेपालगन्जका थप एकजना चिकित्सकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै भेरी अस्पतालमा पाँचजना चिकित्सकमा भाइरस संक्रमण देखिएको छ । आज थप भएका चिकित्सक स्त्रीरोग बिशेषज्ञ हुन् । उनको छोरालाई समेत भाइरस संक्रमण पुष्टि भएको छ ।

यसअघि भेरी अस्पतालका कोरोना फोकलपर्सन समेत रहनु भएका फिजिसियन डा.संकेत रिसालसँगै प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, फिजिसियन डा.रजनी केसी शाह, हार्डजोर्नी विशेषज्ञ डा. राहुल मिश्रलाई कोरोना पोजेटिभ देखिएको थियो ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा चारसयको नमुना परीक्षण गर्दा चिकित्सकसहित ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यसमा बाँकेका ३३ र बर्दियाका २ जना छन् । बाँकेमा संक्रमित थपिनेक्रममा नेपाली सेनाको राझा व्यारेकका ६ जना पनि परेका छन् ।आज ३३ जना थपिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ५३ पुगेको छ ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech