भेरीका अर्का फिजिसियन डा.केसी र हार्डजोर्नी विशेषज्ञ डा.मिश्रलाई पनि कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

डा. रजनी केसी शाह

प्रियास्मृति ढकाल- नेपालगन्ज ११, भदौ ।
भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. रजनी केसी शाह र हार्डजोर्नी बिशेषज्ञ डा. राहुल मिश्रलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डा. केसीसँगै भेरी अस्पतालका तीनजना फिजिसियनमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

डा. रजनी केसी शाह

डा. रजनी केसी शाह

तीन दिन अघि उच्च ज्वरो आएपछि डा.केसीले बुधवार भाइरस परीक्षणका लागि स्वाब दिनुभएको थियो । ‘कोरोनासँग मिल्दोजुल्धो लक्षण देखिएपछि हिंजो स्वाब दिएकी थिए डा.केसीले स्वास्थ्य पेजसँग भन्नुभयो–‘रिपोर्ट पोजेटिभ आएको छ ।’ डा.केसी कोरोना संक्रमित विरामीको उपचारमा अग्रस्थानमा रहेर खटिनुभएको थियो ।

यसअघि भेरी अस्पताल नेपालगन्जका कोरोना फोकलपर्सन समेत रहनुभएका फिजिसियन डा. संकेत रिसाल र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेलाई भाइरस संक्रमण पुष्टि भएको थियो । डा. रिसाल र पाण्डेद्धयले पनि लक्षण देखिएपछि कोरोना टेस्ट गराउदा भाइरस देखिएको थियो । आइसोलेसनमा बसेका उहाँहरु दुवैको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।

डा. केसीले संक्रमणमुक्त भएपछि पुनः विरामीको उपचारमा खटिने विश्वास व्यक्त गर्नुभयो । ‘विरामीको उपचारमा खटिदा खटिदै संक्रमित भएको थाहै भएन उहाँले भन्नुभयो–‘भाइरस संक्रमणबाट मुक्त हुनासाथ पुनः विरामीको सेवामा खटिने छु ।’

हार्डजोर्नी रोग बिशेषज्ञ डा.राहुल मिश्र

हार्डजोर्नी रोग बिशेषज्ञ डा.राहुल मिश्र

त्यस्तै हार्डजोर्नी रोग बिशेषज्ञ डा.राहुल मिश्रलाई पनि तीन दिन अघि उच्च ज्वरो, रुघाखोकी र टाउको दुख्न थालेपछि कोरोना टेस्ट गराउनुभएको थियो । ‘अचानक ज्वरो, रुघाखोकी र टाउको दुख्न थाल्यो उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘हिंजो रिपोर्ट पोजेटिभ आयो ।’

उहाँ अहिले भेरी अस्पतालका आइसोलेसन वार्डमा बस्नुभएको छ । आफ्नो ज्यान हत्केलामा राखेर कोरोना संक्रमित विरामीको उपचारमा खटिने डाक्टरहरु लगालग भाइरस संक्रमित हुन थालेका छन् । भेरी अस्पतालका चारजना डाक्टरसहित अहिलेसम्म ६ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech