बाँकेमा ७० बर्षीया महिलाले जितिन् कोरोना

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७७, बिहीबार

नेपालगन्ज ११, भदौ ।
बाँकेमा आज विहीबार थप २२ जना डिस्चार्ज हुदैछन् । जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किन लागेका हुन् । आज डिस्चार्ज हुनेको सूचिमा ७० बर्षकी महिला पनि छिन् । उनी महिला उमेर समूहमा सबैभन्दा बढी उमेर भएकी पहिलो संक्रमित महिला हुन् ।

नेपालगन्ज–२ निवासी ती महिला संक्रमणमा परेपछि खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । ‘ती बृद्ध महिलालाई लक्षण समेत देखिएको थियो जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले भन्नुभयो–‘उहाँ पनि कोरोना भाइरस संक्रमणलाई जितेर आज डिस्चार्ज हुन लाग्नुभएको छ । महिलातर्फ बढी उमेर भएको उहाँ बाँकेको पहिलो संक्रमित हो।’

विहीबार थप २२ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय ८२ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या ९ सय २० पुगेछ । अहिले विभिन्न आइसोलेसनमा २ सय ३३ जना बसिरहेका छन् । कोरोना भाइरस संक्रमणबाट बाँकेमा अहिलेसम्म दुई महिलासहित पाँचजनाले ज्यान गुमाएका छन् ।

  • ११ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech