नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप सय बेडको कोरोना डेडिकेटेड वार्ड

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७७, बुधबार

नेपालगन्ज १०, भदौ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले थप सय वेडको कोरोना डेडिकेटेड वार्ड सन्चालनको तयारी गरेको छ । पछिल्ला दिनमा लक्षण भएका विरामीको संख्या बढ्दै गएपछि थप सय वेड विस्तारको तयारी थालिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडिया र उपनिर्देशक डा.दिनेश श्रेष्ठद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा भनिएको छ–‘पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको छ । यस्तो अवस्थामा समयमा उपचार नै नपाएर संक्रमित बिरामीहरुको मृत्यु हुन सक्ने अबस्था आउन नदिन थप सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालन गर्न लागिरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’

ती सबै वेडमा २४ घन्टा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध हुने अस्पतालले स्पष्ट पारेको छ । अस्पतालले अहिले शंकास्पद विरामीको लागि आइसीयुसहित ५० वेड क्षमताको वार्ड सन्चालनमा गरिरहेको छ । शिक्षण अस्पताल कोहलपुरले भोली विहीबारदेखि संक्रमण भएका, लक्षण देखिएका र स्वास्थ्य अबस्था जटिल भएका बिरामीहरुको उपचारका लागि ८ वेडको आइसीयु (Dialysis, Ventilator, High Flow Nasal Cannula ) सहितको उपचार सेवा सुरु गर्न लागेको छ ।

गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरुलाई आवश्यकता अनुसार शल्यक्रियाको सुबिधा पनि प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । सरकारले शिक्षण अस्पताल कोहलपुरलाई लेबल ३ को घोषणा गरेकै दिन देखि अस्पतालले कोरोनाको संक्रमणका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएका गर्भवतीहरुलाई शल्यक्रिया सहित प्रसूती सेवा, तत्कालै सर्जरी गर्नुपर्ने बिरामीहरुलाई सर्जरी सेवा प्रदान गर्दै आएको उपनिर्देशक डा.श्रेष्ठले बताउनुभयो ।

कोरोना संक्रमित भएका कारण प्रादेशिक राजधानी बुटबलमा समेत शल्यक्रिया सहितको सुत्केरी सेवा पाउन नसकेका २ जना महिलाको पनि शिक्षण अस्पतालले सफलतापुर्बक शल्यक्रिया गरेर उपचार गरिसकेको उहाँको भनाइ छ । कोरोनाको संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपनि उपचारका लागि आएका १ सय ८९ जना बिरामीलाई शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरले आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गर्दै आएको उहाँको भनाइ छ । उपचारका क्रममा पीसीआर परिक्षण गर्दा हालसम्म ५५ जनामा जना बिरामीमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितहरु मध्ये अधिकांश निको भएर घर फर्किसकेका छन भने केहिको उपचार भइरहेको छ ।

यो अबधिमा स्वास्थ्यमा जटिल समस्या भएपछि अस्पतालमा भर्ना भएका ७ जना संक्रमित बिरामीहरुको मृत्यु भएको छ । कोरोनाका शंकास्पद र संक्रमित बिरामीहरुको उपचार गर्ने क्रममा शिक्षण अस्पतालका ३ जना डाक्टर, २४ जना स्वास्थ्यकर्मी र उनका परिवारका सदस्य सहित ३० जना संक्रमित भईसकेको अस्पतालले जनाएको छ । ‘यस्तो अबस्थामा पनि बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पताल कोहलपुरले थप साबधानी अपनाउदै बिरामीहरुको उपचार सेवालाई निरन्तरता दिदै आएको छ’ सहायक निर्देशक डा. कनोडियोले भन्नुभयो ।

 

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech