अनिच्छित गर्भ रहनबाट बच्न के उपाय अपनाउने ?

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७७, बुधबार

कुनैपनि यौन जोडीबीच हुने अनिच्छित गर्भ रोक्न सावधानी पुर्याउन आवश्यक छ । शारीरिक तथा मानसिक रुपमा तयार नभएका यौनजोडी विशेष रुपमा चनाखो रहनुपर्दछ । अनावश्यक गर्भनिरोधकका निम्ति हरेक जोडीमा गर्भ नियन्त्रण उपायको बारेमा ज्ञान हुन जरुरी देखिन्छ । अनावश्यक तथा अनिच्छित गर्भ रोक्न महिला पुरुष दुवैमा समान भूमिका रहन्छ ।

हुन त, चिकित्सा क्षेत्रमा यससम्बन्धि थुप्रै उपायहरु रहेका छन् । तर, ती उपायहरु सबैमा उत्तिकै प्रभावकारी नरहन पनि सक्छ । त्यस्ता उपायले कसैमा साइड इफेक्ट पनि देखिन सक्छ । त्यसैले यहाँ अनावश्यक एवम् अनिच्छित गर्भधारणको समस्यालाई कम गराउन सक्ने केहि सरल एवम् घरेलु उपायको बारेमा चर्चा गरिएको छ । क्यालेन्डर क्यालेन्डरअनुसार महिलाले आफ्नो मासिक चक्र अंकित गर्न सक्छिन् । नियमित रुपमा महिनावारी हुने महिलाले क्यालेन्डरको सहायताबाट कुन समयमा ओभुलेसन हुन्छ भन्ने कुरा थाहा पाउन सक्छिन् ।

तसर्थ यो अनिश्चित गर्भधारणबाट बच्ने एक भरपर्दो उपाय पनि हो । यसका लागि महिलाले कम्तिमा पनि १२ महिनाको आफ्नो महिनावारीको समयलाई अंकित गर्नुपर्दछ । सबैभन्दा कम दिनमा भएको महिनावारीको अवधिबाट १८ दिन र लामो समयमा भएको महिनावारी दिनको अवधिबाट ११ दिन घटाउनु पर्छ । त्यसबाट जुन दिन निस्कन्छ त्यो नै गर्भधारण रहने समय हो । गर्भ नचाहने दम्पतीले यस समयमा गरिने सम्भोगमा सुरक्षाको उपाय अपनाउनु पर्छ ।

तापक्रम मापन

डिम्ब निष्काशनको समयमा शरीरको तापक्रम बढ्छ । त्यसैले दिनमा ३ पटकसम्म शरीरको तापक्रम नाप्नुपर्छ । र, अन्य समयको तुलनामा तापक्रम बढी भएको दिन डिम्ब निष्काशन हुदैछ भन्ने बुझ्नुपर्छ । यस समयमा पनि यौनसम्पर्कको क्रममा सुरक्षाका उपाय अपनाउने वा सम्पर्कबाट टाढा रहने गर्नुपर्दछ ।

कन्डम

गर्भनिरोधकको उपायमध्ये यो सबैभन्दा सरल एवम् प्रचलित उपाय हो । यसको प्रयोगले महिलामा गर्भधारणको प्रकृयामा रोकावट ल्याउनुका साथै यौन जोडीलाई यौन संक्रमणबाट समेत जोगाउँछ । कमै मात्र व्यक्ति यस्ता हुन्छन्, जसले आफ्नो यौन जीवनकालमा यसको प्रयोग नगरेको होस् ।

एजेन्सीको सहयोगमा

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech