कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो एमडी पढाउने अनुमति

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७७, बुधबार

नेपालगन्ज १०, भदौ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीनवटा विषयमा एमडी अध्यापन गराउने अनुमति पाएको छ । प्रतिष्ठानले जेनेरल प्राक्टिस एन्ड इमर्जेनसी मेडिसिन (एमडिजिपी)‚ एनेस्थेसियोलोजी र पेड्राटिक्स विषयमा एमडी अध्यापन गराउन पाउने भएको हो ।

चालू आर्थिक बर्षको दुई तीन महिनाबाटै अध्यापन सुरु गरिने अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘यो वर्ष तीनवटा विषयमा एमडी गराउने अनुमति पाएको छौं । अर्को वर्ष ७–८ वटा विषयमा अध्यापन सुरू गर्ने हाम्रो तयारी छ ।’


साउन ३० गते सम्पन्न चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकले गरेको निर्णयको मंगलबार प्रमाणित गरिएसँगै कर्णाली प्रदेशमा बिशेषज्ञ चिकित्सकको पढाई हुने ढोका खुलेको हो ।

लामो समय देखि ओझेलमा परेको कर्णालीले एतिहासिक उपलब्धि प्राप्त ग¥यो भन्दै कर्णाली प्रदेशका कानुन मन्त्री नरेश भण्डारीले फेसबुक लेख्नुभएको–‘सेतो हिउमा सेतै एप्रोन लगाएका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने सपनाले एक हदसम्म सार्थकता हासिल गरेको छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनासँगै त्यसक्षेत्रका नागरिकले स्तरीय स्वास्थ्य सेवा पाइरहेका छन् ।

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech