बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७७, बुधबार

नेपालगन्ज १०, भदौ ।
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उमपहानगरपालिका– १ का ३७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयोे ।

छातीको समस्या भएपछि उनी सोमवार विहान १० बजे अस्पताल भर्ना भएका थिए । उनको सोमवार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । मंगलवार दिउँसो तीन बजे रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको गएराती १ः ३० बजे मृत्यु भएको अस्पताललाई उध्रृत गर्दै कोरोना फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

संक्रमित ती विरामीको दुवै फोक्सोमा निमोनिया भएको चिकित्सकहरुले बताएका छन् । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट पाँचजनाको मृत्युभएको छ । नेपालगन्जमा दुई, कोहलपुर, नरैनापुर र बैजनाथमा एकएकगरी अहिलेसम्म पाँचजनाले बाँकेमा भाइरस संक्रमणबाट ज्यान गुमाएका हुन् ।

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech