महोत्तरी र काठमाडौमा तीन जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०७७, मंगलवार

तस्विरः फाइल

काठमाडौं ९, भदौ ।
महोत्तरी र काठमाडौंमा मंगलबार तीन जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । महोत्तरीमा दुई जना र काठमाडौंमा एकजनाको भाइरस संक्रमणबाट मृत्यु भएको हो । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका ३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको छ ।

यस्तै काठमाडौको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् ।

योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६१ पुगेको छ । हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ संक्रमित भेटिएका छन् । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।

  • ९ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech